
काठमाडौं, असोज ३ । संविधान दिवसका अवसरमा राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ तथा क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रबल जनसेवाश्री पदकबबाट विभुषित गरिएको छ ।
सविंधान दिवसको अवसरमा राष्ट्रपतिबाट राष्ट्रको हितमा खेल क्षेत्रबाट योग्दान पुर्याएका एक दर्जनभन्दा बढि खेलाडी एवम् खेलकर्मीलाई विभिन्न पदकबाट विभुषित गरिएको हो । मन्त्रालयले निकालेको सुची अनुसार कप्तानद्वय मल्ल र चेम्जोङ प्रबल जनसेवाश्रीबाट विभूषित हुने हुनुभएको हो ।
तेक्वान्दो खेलाडी आयशा शाक्य र दक्षिण कोरियाली प्रशिक्षक क्वान योङ दाल जनसेवाश्रीबाट विभूषित हुनुभएको छ । यसबाहेक क्यानका अध्यक्ष चतुरबहादुर चन्द, भलिबलमा पुर्याएको योगदानलाइ कदर गर्दै शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र पारा खेलाडी हिमाल अर्याल र केशव थापालाई पनि सोही पदकबाट सम्मानित गरिएको छ ।
तेक्वान्दोकै लक्ष्मण बहादर ऐर नेपाल प्रताप आभूषणबाट तथा १० अन्य खेलकर्मी सुकीर्ति पदकबाट विभूषित भएका छन् ।