बार्यन म्युनिखको सहज जित
काठमाडौं, असोज ९ । जर्मन बुण्डेसलिगा अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको बार्यन म्युनिखले सहज जित हासिल गरेको छ । अवे मैदानमा भएको खेलमा बार्यन म्युनिखले एसपिभिजिजी ग्रेथर फर्थलाई ३–१ ले पराजित गरेका हो।
बार्यनका लागि १० औँ मिनेटमा थोमस मुलर, ३१ औँ मिनेटमा किमिचले गोल गर्नु भयो । यस्तै पहिलो हाफ पछिको ६८ औँ मिनेटमा फर्थका ग्रिएस्बेकले आत्मघाती गोल गर्नुभयो।
खेलको ४८ औँ मिनेटमा पाभर्ड सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिनु भए पछि बार्यन १० खेलाडीमा सीमित भएको थियो ।
८७ औँ मिनेटमा फर्थका लागि इटेनले एक गोल फर्काउनु भयो। जितपछि शीर्ष स्थानको बार्यनको ६ खेलबाट १६ अंक भएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ९, २०७८ ०७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय