Kath khabar
ईपीएल क्रिकेट : पहिलो खेलमा ललितपुर र काठमाण्डौ खेल्दै

काठमाडौं, असोज ९ । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।

त्रिवि क्रिकट मैदान कीर्तिपुरमा हुने उद्घाटन खेल ललितपुर प्याट्रीयट्स र काठमाण्डौ किङ्ग्स इलाभेन बीच हुने छ। उद्घाटन खेल दिउँसो सवा १२ बजे हुनेछ।

उद्घाटन खेलमा दिउँसो सवा १२ बजे ललितपुर प्याट्रीयट्स र काठमाण्डौ किङ्ग्स इलाभेन खेल्दैछन् ।

ललितपुर साविकको विजेता पनि हो । ज्ञानेन्द्र मल्लले नखेल्ने बताउनु भए सँगै ललितपुरको कप्तानको रुपमा कुशल भुर्तेलले गर्नु भएको छ ।

स्वदेशीका साथै विदेशी चर्चित खेलाडीको रहेको ललितपुर र काठमाडौंबीचको खेल निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

यता काठमाडौंको कप्तानी भने सन्दिप लामिछानेले सम्हाल्नु हुने छ।

ललितपुरमा श्रीलङ्काका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, इङ्ग्ल्यान्डका एलेक्स ब्लाके लगायतका खेलाडी हुनुहुन्छ।

यस्तै कप्तान लामिछानेका साथै  काठमाण्डौमा पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी, अफगानिस्तानका रहमान उल्लाह गुर्बाज, सिङ्गापुरका जनक प्रकाश लगायतका खेलाडी हुनुहुन्छ ।

६ टिमले खेल्ने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउनेछ ।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update