Kath khabar
'कान्स फिल्म फेस्टिवल २०२२' मा जाँदै अभिनेत्री सुरक्षा पन्त

 

    काठमाडौं, जेठ ३। केहि समयअघि अन्तराष्ट्रिय सिनेमामा एउटा पात्रको रूपमा काम गर्न सफल हुनु भएको अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवल २०२२ मा जाँदै हुनुहुन्छ।

द एट माउन्टेन्स (The  Eight  Mountains ) नामक सिनेमामा अभिनय गर्नु भएको सुरक्षाले यो जानकारी आफ्नो इन्स्टाग्राम मार्फत सार्वजनिक गर्नुभएको छ। "द एट माउन्टेन्स" बेल्जियमका फिल्म निर्देशक फेलिक्स भान ग्रोनिन्जेन र शार्लोट भान्डरमेर्शद्वारा निर्देशित पुरस्कार विजेता उपन्यास "द एट माउन्टेन्स" मा आधारित मित्रताको कथा हो।

उक्त सिनेमा कान्स फिल्म फेस्टिवलको मुख्य प्रतिस्पर्धामा छानिएर आमन्त्रण पाएको कुरा पन्तले बताउनुभएको छ। जेठ ४ मा हुन गैरहेको यो फेस्टिवलको लागि सुरक्षा पन्त आज मंगलबार जाँदै हुनुहुन्छ । यस चलचित्रको केहि अंशहरु नेपालको मनाङमा खिचिएको हो।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update