नौं बुँदे सहमतिसँगै शिक्षक आन्दोलन आजबाट स्थगित

काठमाडौं, वैशाख १७ । आन्दोलनरत नेपाल शिक्षक महासंघले विरोधका सबै कार्यक्रम स्थगित गरेको छ। बुधबार सरकार र शिक्षक महासंघबीच नौं बुँदामा सहमति भएपछि महासंघले आन्दोलनका कार्यक्रम स्थगित गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सहमति पछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । शैक्षिक आन्दोलन स्थगित भएपछि नियमित कक्षा सञ्चालन गराउन तथा भर्ना अभियानमा संलग्न हुन शिक्षक कर्मचारीलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ २२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय