Kath khabar
प्रतिनिधि सभामा एमाले र रास्वपाको अवरोध
प्रतिनिधि सभामा एमाले र रास्वपाको अवरोध एमाले र रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने तयारी गरेको भन्दै प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै उठेर विरोध गरेका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिए
काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिए प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुनुपूर्व नै संसदीय समितिमा आफूले उजुरी हाले पनि समितिले विवेक प्रयोग गर्न नसकेको उनले आरोप लगाए । आगामी दिनमा पनि न्यायपालिकाको सुधार र सुदृढीकरणका लागि सक्रिय रहने उनको भनाइ छ ।
त्रिविका उपप्राध्यापक प्रेम चलाउने माथि आक्रमण गर्ने ५ जनाको मुद्दा फिर्ता, उपप्राध्यापक प्रहरीको नियन्त्रणमा
त्रिविका उपप्राध्यापक प्रेम चलाउने माथि आक्रमण गर्ने ५ जनाको मुद्दा फिर्ता, उपप्राध्यापक प्रहरीको नियन्त्रणमा जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। आफूमाथि कुटपिट गरेको घटना सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोध स्वरूप उनी सोमबार अदालतमा पुगेका थिए। 
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहस सकियो, आदेश आजै आउने
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहस सकियो, आदेश आजै आउने अभियुक्तहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे अदालतले आजै आदेश गर्ने भएको छ ।  प्रहरीले नक्कली शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा चलाएको छ । आरोपी ३० जनामध्ये १८ जना प्रहरी हिरासतमै छन् ।
सर्वसम्मतद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन
सर्वसम्मतद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन बैठकको अध्यक्षता गर्नु भएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइ पछि कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको जानकारी दिनुभयो । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनु हुनेछ ।
अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवद्धता
अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवद्धता आफ्नो अदालतमा बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानुन बनाउने योजना पेश गर्दै यस्तो बताउनु भएको हो । उहाँले गोलाप्रथा प्रणालीबाट पेशी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको बताउनु भयो । उहाँले गोलाप्रथाबाट पेशी तोक्ने नियमले देशभर राम्रो सन्देश प्रवाह भएको भन्दै खुशी प्रकट गर्नुभयो ।
भाँडभैलो भयो संसदीय सुनुवाइ समितिमा
भाँडभैलो भयो संसदीय सुनुवाइ समितिमा समिति सभापति पशुपति शमशेर जबरासँग राजपत्रमा प्रकाशित संयुक्त नियमावली माग गरी पाँचबुँदे ज्ञापनपत्र बुझाएका छन्। संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की विरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफलका लागि बोलाएको थियो।
काठमाडौं महानगरपालिकाले विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला तोड्यो
काठमाडौं महानगरपालिकाले विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला तोड्यो छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर अनेरास्ववियु क्रान्तिकारीले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो।
प्रतिनिधि सभाको बैठक शुरु, अर्थमन्त्रीले बजेट माथि उठेको प्रश्नको जवाफ दिने
प्रतिनिधि सभाको बैठक शुरु, अर्थमन्त्रीले बजेट माथि उठेको प्रश्नको जवाफ दिने अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा व्यवस्था गरिएका कतिपय करका दर र नयाँ व्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोध समेत गरेका छन् ।
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि माग्यो सर्वोच्च अदालतले
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि माग्यो सर्वोच्च अदालतले संसद्लाई छलेर सरकारले गरेको सिफारिसका आधारमा नागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले जेठ १९ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
विद्युतीय गाडीको भन्सार पूर्ण रूपमा निःशुल्क गर्नुपर्छ : अध्यक्ष राजेन्द्र लिङ्देन
विद्युतीय गाडीको भन्सार पूर्ण रूपमा निःशुल्क गर्नुपर्छ : अध्यक्ष राजेन्द्र लिङ्देन बिहीवारको प्रतिनिधि सभा बैठकमा अध्यक्ष लिङ्देनले विद्युतीय गाडीको भन्सार पूर्ण रूपमा निःशुल्क गर्नुपर्ने बताउनु भएको हो । उहाँले आर्थिक वर्ष २०८०/८१ को बजेटमा राजस्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको पनि बताउनुभयो ।
आजको प्रतिनिधि सभाको बैठक शुरु
आजको प्रतिनिधि सभाको बैठक शुरु बजेट माथि आज पनि सांसदहरुले आ-आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबार देखि बजेट माथि छलफल भएको हो ।
Weather Update