Kath khabar
 १० वर्षे युद्ध कतै भारतकै इशारामा त भएको थिएन ? प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न
 १० वर्षे युद्ध कतै भारतकै इशारामा त भएको थिएन ? प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न तत्कालीन माओवादीले राखेका ४० बुँदामध्य ९ बुँदा मागहरू भारतसँग रहेको स्मरण गराउँदै उनले ती मागहरू अहिलको भारत भ्रमणमा नराख्नुको कारण सोधेका छन्।
सर्वोच्चद्वारा राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश पश्चात नागरिकता वितरणको तयारीमा रोक
सर्वोच्चद्वारा राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश पश्चात नागरिकता वितरणको तयारीमा रोक नयाँ कानुन अनुसार जन्मसिद्ध नागरिकका सन्तान, बाबुको पहिचान हुन नसकेका व्यक्ति र गैरआवासीय नेपालीका नाति नातिनासम्मले नागरिकता पाउने व्यवस्था छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : भिआइपी अभियुक्तका तर्फबाट वकालत गर्न "हाइप्रोफाइल वकिलहरु"को लस्कर
नक्कली भुटानी शरणार्थी प्रकरण : भिआइपी अभियुक्तका तर्फबाट वकालत गर्न "हाइप्रोफाइल वकिलहरु"को लस्कर विशेषगरी भिआइपी अभियुक्तहरूको प्रतिरक्षामा हाई प्रोफाइल वकिलहरूले बहस गर्ने भएका हुन्। प्रतिवादीका तर्फबाट बहस गर्न नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे सहितका कानुन व्यवसायीले वकालतनामा दिएका छन्। टोपबहादुर रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल लगायतले बहस गर्ने भएका छन्।
देशको समग्र हितको रक्षा पछि मात्रै संसद्को अवरोध हट्छ : केपी ओली
देशको समग्र हितको रक्षा पछि मात्रै संसद्को अवरोध हट्छ : केपी ओली नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको हो ।
राष्ट्रिय सभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित
राष्ट्रिय सभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको भू-भाग बङ्गलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउनुभयो ।
राप्रपाको युवा संगठनद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन
राप्रपाको युवा संगठनद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गररेर भारतले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमान माथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको उनले बताए।
रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्ने रिटमा आजबाट सुनुवाइ
रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्ने रिटमा आजबाट सुनुवाइ वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपिठ गरेको थियो । सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट युवराज पौडेल ‘सफल’ले यही जेठ २ मा पुनः दर्ता गराएका थिए । उक्त निवेदन माथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रवि विरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको थियो ।
पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदैछन्। दाहाल जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण यसअघि संघीय संसदले २०७९ साउनमा नागरिकता विधेयक पास गरेर प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाएको थियो । तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी सन्देश सहित प्रतिनिधिसभामा फिर्ता पठाइदिनु भएको थियो ।
प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्की विरुद्ध १० दिनभित्र उजुरी आह्वान
प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्की विरुद्ध १० दिनभित्र उजुरी आह्वान सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ । कार्की माथि लिखित रूपमा पत्र मार्फत् वा समितिले सार्वजनिक गर्ने इमेल मार्फत् उजुरी दिन सकिने छ ।
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिनु आपत्तिजनक : रघुजी पन्त
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिनु आपत्तिजनक : रघुजी पन्त ‘यसरी धुलो लागेको विधेयक टकटक्याएर मन्त्रिपरिषदले राष्ट्रपति कहाँ पठाएर राष्ट्रपतिलाई अप्रत्यक्ष रूपले दवाव दिन मिल्दैन,’ उनले भने, ‘मैले पनि धेरै संविधानविद् र कानुनविद्सँग कुरा गरेर मात्रै बोलेको हो कि यो संविधानको भावना र लोकतन्त्र विरूद्ध छ।’
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोली ठूलो हुँदैन : सञ्चारमन्त्री शर्मा
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोली ठूलो हुँदैन : सञ्चारमन्त्री शर्मा ‘जुनजुन क्षेत्र, सम्बन्धित विषयमा कुराकानी हुन्छ त्यो क्षेत्रमा मन्त्री गए पुग्ने ठाउँमा मन्त्री, सचिव जानुपर्ने ठाउँमा सचिव जाने कुरा भएको छ। प्रतिनिधि मण्डललाई ठूलो नबनाउने सरसल्लाह भएको छ,’ उनले भनिन्।
Weather Update