Kath khabar
रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्ने रिटमा आजबाट सुनुवाइ

 

                   काठमाडौं, जेठ १७ ।  रास्वपाका सभापति तथा सांसद रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा परेकोमा रिटको पेशी आजलाई तोकिएको छ । उक्त रिटमा आजबाट प्रारम्भिक सुनुवाइ शुरु हुनेछ ।  

कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार रिट दर्ता भएको थियो । अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेश नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै उक्त रिट दर्ता भएको हो ।

रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपिठ गरेको थियो । सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट युवराज पौडेल ‘सफल’ले यही जेठ २ मा पुनः दर्ता गराएका थिए । उक्त निवेदन माथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रवि विरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको थियो । उक्त आदेश पछि बुधबार रिट दर्ता भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update