पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते
शुक्रबार, जेठ ३२, २०८१
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
शुक्रबार, जेठ ३२, २०८१
तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुन सक्ने विभागले जनाएको छ ।
सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल
बिहीबार, जेठ ३१, २०८१
“हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन”, राष्ट्रपति पौडेलले भन्नुभयो, “जलवायु परिवर्तनका नकारात्मक असरहरूको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गरिनुपर्छ ।”
प्रदीप पौडेल र बालेनबीच भेटघाट
बिहीबार, जेठ ३१, २०८१
भेटमा पौडेल र बालेनबीच काठमाडौं महानगरपालिकाको आगामी नीति तथा कार्यक्रम र प्राथमिकताहरूका बारेमा पनि छलफल भएको थियो । टुकुचा व्यवस्थापन, सामाखुसी खोला व्यवस्थापन, धन्वन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने छलफल भएको पनि नेता पौडेलले जानकारी दिए ।
बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती
बिहीबार, जेठ ३१, २०८१
बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत १४ ठाउँमा ठूला पहिरो छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोला, वडा नं २ माझखर्क, कुनौटो, रिठाबोट, वडा नं ३ मा पर्ने बैसरी, चमेरे र गलेश्वर पारि राहुघाटमा पहिरोले सडक निर्माण तथा यातायात सञ्चालन प्रभावित बनाएको छ ।
लघुवित्त पीडितको सरकारलाई १५ दिने अल्टिमेटम
बिहीबार, जेठ ३१, २०८१
समितिका संरक्षक अगस्त अधिकारीले सरकारले कार्यदल बनाएर आन्दोलन मत्थर पार्ने कार्य बाहेक केही नगरेको आरोप लगाउँदै भने, “हामीले ढाई वर्ष शान्तिपूर्ण आन्दोलन गरेर हेर्यौ, सरकारले सुनेन, अब असरा १६ गतेदेखि निर्णायक लडाइ लड्ने हो ।”
