Kath Khabar
'वन एक्स बेट’ मार्फत विश्वकपको सट्टेबाजी, २ करोडभन्दा बढीको कारोबार
'वन एक्स बेट’ मार्फत विश्वकपको सट्टेबाजी, २ करोडभन्दा बढीको कारोबार फिफा विश्वकप २०२२ लगायत विश्वमा संचालन हुने खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्न प्रयोग हुने उक्त एप्लिकेसनमार्फत सट्टाबाजी लगाउने रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने
नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो।
ठमेलभित्रको अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु
ठमेलभित्रको अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो ।
विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालक कारवाहीमा
विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालक कारवाहीमा सोही चेकिङ्गकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८९ जना सवारी साधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा खड्का र जोशी
नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा खड्का र जोशी यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।
उपत्यकामा रु दुईमा  ‘वाटर भेन्डिङ’ मेसिनबाट पिउने पानी
उपत्यकामा रु दुईमा ‘वाटर भेन्डिङ’ मेसिनबाट पिउने पानी वाटर एटिएम कसरी प्रयोग गर्ने, गिलास कसरी निस्कन्छ र पानी कसरी भर्ने सम्बन्धमा जानकारीमूलक पोस्टरसहित एटिएम राखिएको छ । मानिसको भीडभाड हुने स्थान, पार्क तथा सार्वजनिकस्थलमा एटिएम व्यवस्था गरिएको हो । त्यसकारण आवतजावत गर्ने सर्वसाधरणका लागि पानी पिउन सहज भएको छ ।
काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह महाभारत गाउँपालिकामा मरेका दुई गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। केही दिनअघि महाभारत–१ गोकुले र ८ नं वडास्थित घर्तीछापमा कुकुरको टोकाइबाट दुई गाई मरेका थिए।
ललितपुरको ग्वार्कोमा 'फ्लाइओभर' को काम आउँदो शुक्रवारदेखि, यसरी हुँदैछ गाडीको व्यवस्थापन
ललितपुरको ग्वार्कोमा 'फ्लाइओभर' को काम आउँदो शुक्रवारदेखि, यसरी हुँदैछ गाडीको व्यवस्थापन कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण गाडीलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चल्ने व्यवस्था गरिएको छ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ छुट्ने यात्रुवाहक, मालवाहक तथा २ पाङ्ग्रे गाडीलाई बल्खुबाट सर्भिस लेनमा र साना ४ पाङ्ग्रे गाडीलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने सूचनामा उल्लेख छ ।
लव-कुश झोलुङ्गे पुल : पुल छ तर तर्न पाइँदैन
लव-कुश झोलुङ्गे पुल : पुल छ तर तर्न पाइँदैन उक्त पुल ठेक्कामा लागेको ९ वर्षपछि निर्माण सम्पन्न भएको हो। २०७० सालमा ठेक्का लागेको उक्त पुल निर्माण ढिलो हुनुका कारणमा एउटा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) विवाद रहेको थियो। चितवन राष्ट्रिय निकुञ्जले ईआईए नगरेको भनेर प्रश्न उठाएपछि त्यसको निर्माण ३ वर्ष रोकिएको थियो।
Weather Update