Kath khabar
नेपाली सेनाद्वारा फोटो तथा युनिट विशेष प्रदर्शनी सम्पन्न


         काठमाडौं, माघ १० । सेना दिवस २०७९ को अवसरमा आयोजित नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनीको सोामबार बलाध्यक्ष रथी सिताराम खड्काले जंगी अड्डामा एक समारोहका बीच समापन गर्नुभएको छ ।

नेपाली सेनाः इतिहासदेखि वर्तमानसम्म थिम रहेको उक्त प्रदर्शनीमा नेपाली सेनाको गौरवमय इतिहास तथा वर्तमानमा नेपाली सेनाले गरेका उल्लेखनीय कार्यहरू, ऐतिहासिक हातहतियार तथा उपकरणहरू, सैनिक पोशाक, सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरू लगायतको विविध सामाग्री तथा फोटोहरु प्रदर्शन गरिएको थियो ।

नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको समापन कार्यक्रममा बलाध्यक्ष रथी खड्काले नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी २०७९ मा सहभागी युनिटहरूलाई कदरपत्र प्रदान गर्नुका साथै उक्त प्रदर्शनीमा प्रथम हुने श्री नं.१७ बाहिनी अड्डी, द्वितीय हुने श्री रिपुमर्दिनी सैनिक महाविद्यालय र तृतीय हुने विशेष फौज बाहिनीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

चार दिनसम्म करिव पाँच हजार जनाले अवलोकन गरेको उक्त प्रदर्शनीको यही माघ छ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माले समुद्घाटन गर्नुभएको थियो ।


प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update