Kathkhabar
झापाको एक चिया बगानमा युवक र युवती मृत फेला

 

               झापा, माघ १० । झापा जिल्लाको कचनकवल गाउँपालिका- ४ केचनास्थित एभरेष्ट चिया बगानमा मंगलबार एक युवक र युवती मृत फेला परेका छन् ।

मृत भेटिनेमा सोहि ठाउँका स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी हुन् । स्थानीयका अनुसार उनीहरुको तीन महिना अगाडि भागी विवाह भएको थियो । परिवारले उनीहरुलाई विवाह नस्विकारेको र छुटाउने कोशिस गरेको स्थानीयहरुले बताएका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update