बलिउड गीतकार सावेरी बर्माको नयाँ गीत “छाप टिलक” सार्वजनिक

काठमाडौं, जेठ ७ । बलिउडका अब्बल युवा गीतकार सावेरी बर्माले नयाँ गीत “छाप टिलक” सार्वजनिक गर्नुभएको छ । केहीबर्षयता उहाँ भारतका चर्चित बलिउड संगीतकार अनि गायक गायिकाको मनपर्ने गीतकारको रोजाइमा पर्नुुहुुन्छ ।
श्रेयस पुराणिकको संगीतमा रहेको यो गीतमा राहुल वैध र पलक मुच्छलको आवाज रहेको छ । बिवाहको महोलका आधारमा तयार गरेको र उत्तर प्रदेशको लोक भाकामा यो गीत बनेको छ । युवा गीतकार सावेरी बर्माले बलिउडमा आफ्नो फरक पहिचान बनाउँदै हुुनुहुन्छ । यसअघि ‘सफर्नम’ गीतमा गायक मेइयङ् चङ् र रिमि धारले संगीत गरीकिछिन् भने गीतकार सावेरी बर्माको रचना रहेको छ । बाम्वैइ ड्रिम्सको प्रस्तुती रहेको “छाप टिलक” गीत श्रेयस पुराणिकको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८ २१:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय