Kath Khabar
प्रविण बेडवाल र प्रतिमाको स्वरमा ‘माया लाइसक्यो’

काठमाडौं,  जेठ ८ । गायिका प्रतिमा केसीको पहिलो सांगीतिक कोसेली ‘माया लाइसक्यो’ सार्वजनिक भएको छ । ‘माया लाइसक्यो’ मा प्रतिमालाई प्रविण वेडवालले साथ दिनुभएको छ । सप्तक म्यूजिकको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गीत किसन सुवेदीले लेख्नुुभएको हो भने संगीत सिएल शर्माको रहेको छ ।

वीरेन्द्र धामीले निर्देशन गर्नुुभएको गीत भिडियो पनि उहाँले नै खिच्नुभएको हो । गीतमा कुशल सिंहको कोरियोग्राफी रहेको छ । गीतमा युवापुस्ताको माया प्रेमको विषय समेटिएको छ । गीत केही अघि नै तयार भएपनि कोरोना महामारीका कारण भिडियो छायांकन रोकिँदा सार्वजनिक गर्न ढिलाइ भएको गायिका प्रतिमाले बतााउनुुभयो ।

‘पहिलो प्रयास भएपनि लामो समयको मेहनत र साधनाले यो कोसेली ल्याएको हुँदा यसबाट निकै उत्साही र आशावादी पनि छु’ प्रतिमाले भन्नुुभयो । उहाँले दर्शक–स्रोतासँग साथ र सहयोगको अपेक्षा पनि गर्नुुभयो ।

 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update