Kath khabar
वास्तुशास्त्र कस्तो शास्त्र हो ?


           काठमाडौं, साउन १। विश्व अस्तित्वमा रहेको चिजलाई वास्तु भनिन्छ, जुन चिजको गुणात्मक रुपमा समेटेर राम्रो नराम्रो तरिकाबाट व्याख्या गरिन्छ, त्यसलाई वास्तुशास्त्र भनिन्छ । मानव जीवनमा वास्तुशास्त्रले ठूलो प्रभाव पारेको हुन्छ । मानिसको सम्बन्ध अरु वस्तुसँग कसरी गर्ने ? बोटविरुवा तथा अन्य प्राणीहरूसँग कस्तो सम्बन्ध रहेमा मानव जीवन कल्याणकारी बन्न सक्छ भन्नेबारे सिकाउने शास्त्र वास्तुशास्त्र हो ।

मानिसको जीवनमा नभई नहुने चिज आवास हो । यसलाई कसरी सहज रुपमा बस्न योग्य बनाउन सकिन्छ भनी दिइने ज्ञान वा उपायलाई वास्त्रुशास्त्र भनिन्छ । यो ज्ञान वा उपायलाई वास्तुशास्त्र भनिन्छ । यो शास्त्रलाई बढिमात्रामा अंगीकार गरी निर्माण गरेको मानवीय भवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, सन्तान वृद्धि र अरु धेरै शुभ कार्यहरू हुन्छन् भन्ने विश्वास गरिन्छ । तसर्थ वास्तुशास्त्रको नियमबमोजिम भवन निर्माणको लागि डिजाइन गर्दाको अवस्थामा प्राविधिक तथा वैज्ञानिकहरूले ध्यान दिनु अति नै आवश्यक देखिन्छ ।

वास्तुशास्त्रको नियमअनुसार गरिएको निर्माण कार्यले मानव जीवन र प्रकृतिमा रहेको पञ्चतत्वबीचको सम्बन्धलाई थप उर्जा प्राप्त हुन्छ । त्यसले गर्दा नारायण भगवान खुसी भई सबै कुराको सफलता मिल्नेछ । त्यसैले प्रकृतिलाई हामी वास्तु भनी सम्बोधन गर्दछौं । प्रकृति वा वास्तु पाँचवटा मूलभूत तत्त्वको मिलनबाट सञ्चालन भएको हुन्छ ति हुन् -
१) आकाश  २) हावा   ३) पानी  ४) आगो (ताप)   ५) पृथ्वी (जमिन)

पञ्च तत्वले ओगटेको प्रमुख दिशाहरु :
   १) उत्तर पूर्व दिशा (ईशान कोण) : पानी (जल) -  इनार
   २) पूर्व दक्षिण दिशा (आग्नेय कोण) : आगो (ताप) - भान्छाकोठा बनाउन
   ३) दक्षिण-पश्चिम दिशा (नैऋत्य कोण) : पृथ्वी (जमिन) - घरमूलीको सुत्ने कोठा
   ४) उत्तर पश्चिम दिशा (वायव्य कोण) : हावा - छोरीको कोठा बनाउने
   ५) घरको मध्य भाग : आकाश खाली ठाउँ छोड्न - ब्रम्हाको स्थान
यसरी पञ्चतत्वको तालमेल मिलाएर आवासीय घर निर्माण भएमा अधिकतम राम्रो हुने विश्वास गरिन्छ ।

वास्तुविद् डा. दुर्गा ब. श्रेष्ठ
9841213774

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update