Kath Khabar
नेपग्याजम कमेडीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड

काठमाडौ, जेठ १३ । स्ट्यान्ड अप कमेडियनको समूह ‘नेपग्याजम’ ले सगरमाथाको कालापत्थरमा स्ट्यान्ड अप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ । ‘नेपग्याजम’ का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल (रमेश अंकलको छोरो) ले गत वैशाख २० मा पाँच हजार छ सय ४३ मिटरको उचाईमा स्ट्यान्ड अप कमेडी प्रस्तुत गरेका थिए ।
‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतीका लागि नेपग्याजमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अनुमति लिएर उनीहरु त्यहाँ पुगेका थिए । नेपग्याजम मिडिया एण्ड प्रोडक्सनका निर्देशक सन्तोष देवकोटाले विश्व रेकर्ड कायम भएको आधिकारिक घोषणा भइसके पनि कोरोना महामारीका कारण प्रमाणपत्र आउन केही समय लाग्ने बताउनुभयो ।

कलाकार उमेशले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको तीस–तीस मिनेटको दुईवटा स्ट्याण्ड अप कमेडी प्रस्तुत गरिएको बताउनुभयो ।  

 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update