Kath khabar
डी.ए.भी. विद्यालय परिसरमा विद्यालय स्तरीय प्रथम अन्तराष्ट्रिय विज्ञान प्रर्दशनी सम्पन्न



                  काठमाडौं, कात्तिक २६ । नेशनल साइन्स फाउन्डेसन, भारत र डी.ए.भी सुशील केडिया विश्व भारती विद्यालय ललितपुर, नेपालको संयुक्त आयोजनामा विद्यालय स्तरीय प्रथम अन्तराष्ट्रिय विज्ञान प्रर्दशनी डी.ए.भी. विद्यालय परिसरमा कार्तिक २४ गते भव्य रुपमा सम्पन्न भएको छ । प्रदर्शनीमा नेपाल र भारतका उत्कृष्ट एघार विद्यालयको सहभागिता रहेको थियो ।

प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय कन्भेनर तथा डी.ए.भी. विद्यालयका अध्यक्ष श्री अनिल केडियाले भौतिक विज्ञानको विकासको लागि आध्यात्मिक विज्ञानको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गर्नुभयो । उहाँले उक्त प्रदर्शनीमा सहभागी सम्पूर्णलाई सफलताको शुभकामना दिदैँ विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै थप प्रदर्शनीहरू समेत आयोजना गरिदै लगिने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय कन्भेनर श्री सुनील कुमारले प्रथम विद्यालय स्तरीय अन्तराष्ट्रिय विज्ञान प्रर्दशनी विश्व विज्ञान सम्मेलनको एक अंश रहेको बताउँदै डी.ए.भी. विद्यालयसँगको सहकार्यले दुई छिमेकिबिचका विद्यार्थीहरुमाझ ज्ञान, प्रविधि र संस्कृति आदानप्रदान गर्न सफल भएको राय व्यक्त गर्नुभयो । प्रदर्शनी कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. महेन्द्र मर्हजन (त्रिभुवन विश्वविद्यालय) ले डी.ए.भी विद्यालयलाई एक स्रोत संस्थाको रुपमा व्यख्या गर्दै उक्त संस्था लगायत सम्पूर्ण सहभागी विद्यालयहरुलाई उच्च सफलताको शुभकामना सन्देश व्यक्त गर्नुभयो ।

डी.ए.भी विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले विज्ञान र प्रविधिको क्षेत्रमा संयुक्त राष्ट्र संघको सन्देश र भूमिकामाथि चर्चा गर्दै सहभागी विद्यार्थीहरुद्धारा निर्मित नविनतम् मोडलहरुको प्रशंसा गर्नुभयो । सन् २०२२ नोभेम्बर १० संसारभर विभिन्न कार्यक्रम आयोजना गरि विश्व विज्ञान सम्मेलन भव्य रुपमा मनाइएको छ । यस वर्ष विश्व विज्ञान सम्मेलनको नारा विश्व दिगो विकास लागि नविनतम् उद्योग र पूर्वाधार रहेको छ ।

प्रर्दशनीमा सहभागीहरूले फलाम र स्टील उद्योगको लागि आवश्यक पर्ने पानी भण्डारणको मोडेल, वर्षा, बाढी र हावाहूरीको पूर्व संकेत दिने बिभिन्न मोडेल लगायत, स्र्माट सीटी, सामुन्द्रिक फोहोर व्यवस्थापन, बहुउद्देश्य ल्यान्ड रोभर र सोलारबाट संचालनमा ल्याउन सकिने विभिन्न ल्याम्पहरुका मोडेलहरु प्रर्दशन गरेको थिए । यि सम्पूर्ण मोडेलहरु विद्यार्थीहरूले दुई घण्टाको अवधिभित्र सिर्जना गरेका हुन् ।

प्रर्दशनीमा सेन्ट मेरिज स्कुल जावलाखेलले प्रथम हासिल ग¥यो भने केन्द्रिय विद्यालय काठमाडौँध्यान गंगा विद्यालय, पुने भारत क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।  सोहि प्रर्दशनीको अर्को विधामा द्यान गंगा विद्यालय, पुने, भारत र डी.ए.भी सुशील केडिया विश्व भारती विद्यालय बिजेता बने । उक्त कार्यक्रमको निर्णायको भुमिकामा मनोज कुमार, एसोसियट प्रोफेसर त्रिचन्द्र क्याम्पस, त्रि.वि र इन्जिनियर अजय श्रेष्ठ, एडभान्सन्ड इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट त्रि.वि रहनु भएको थियो ।

सोहि अवसरमा डी.ए.भी विद्यालय नेपालकी प्राचार्य डा. भुवनेश्वरी राव र ध्यान गंगा विद्यालय पुने भारतकी प्राचार्य श्रीमती रेनुका दत्तलाई संयुक्त राष्ट्रसंघिय दिगो विकास अर्वाड २०२२ बाट सम्मानित गरिएको थियो । प्रदर्शनीमा टर्नीङ्ग प्वाइन्ट स्कुल पट्ना भारतका डाइरेक्टर उमेश सिंहको समेत उपस्थिती थियो । साथै डी.ए.भी विद्यालयको मयुर डान्स क्लबका विद्यार्थीहरूले आर्कषक नृत्य प्रर्दशन गरेका थिए ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update