Kathkhabar
कोहलपुरको नबिल बैंक शाखामा आगलागी

 

                 बाँके, कात्तिक ३०।  बाँकेस्थित कोहलपुरको नबिल बैंक शाखामा आगलागी भएको छ ।

कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घरको दोस्रो तलामा आगलागी भएको हो । बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले आज बिहान ५ः२५ बजे लागेको आगो १ घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update