Kath khabar
भोजपुरका लागि उडेको विमानमा समस्या आएपछि काठमाण्डौ नै फर्कियो


                 काठमाडौं, मंसिर २ ।  काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजमा थर्कने समस्या भएपछि बाटोबाटै फर्किएको छ ।

फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाजमा 'भाइब्रेशन' अर्थात् थर्किने समस्या देखिएपछि काठमाण्डौ नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । १५ जना यात्रु बोकेर उडिरहेको निगमको विमान उडेलगत्तै समस्या देखिएपछि काठमाण्डौ नै फर्किएको उहाँले बताउनुभयो । 

निगमको विमान ग्राउन्डेड भएपछि अर्को विमान नहुँदा काठमाण्डौबाट भोजपुर जाने र भोजपुरबाट काठमाण्डौ फर्कने दुवैतर्फका यात्रु अलपत्र परेका छन् । ट्विनअटरले भोजपुरपछि फाप्लु र दाङ उडान गर्ने तालिका थियो । यी २ गन्तव्यका यात्रु पनि अलपत्र परेका छन् । 

अहिले विमान मर्मतको काम भइरहेको प्राधिकरणले जनाएको छ । निगमले ट्विनअटरले उडान भर्ने भोलि शनिवारको उडान स्थगित गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update