Kathkhabar
भक्तपुरको झौखेलमा पानी ट्यांकरले ठक्कर दिँदा एक बालकको मृत्यु

            

                भक्तपुर, मंसिर ३ । भक्तपुरमा पानी ट्यांकरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

भक्तपुरको झौखेलबाट ब्यासी आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको पानी ट्यांकरले ठक्कर दिँदा गम्भिर घाइते भएका बालकको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो। रामेछाप सुनापाती गाउँपालिका-४ घर भई ब्यासी बस्ने रवीन्द्र तामाङका ७ वर्षीय छोरा विवेशको मृत्यु भएको हो ।

प्रहरीले ट्यांकरसहित चालक भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ४५ वर्षीय सिताराम पक्का नेवारलाई पक्राउ गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update