Kath khabar
भक्तपुर क्षेत्र नं. २ को मतगणना अन्तिम चरणमा,  थापा र बस्नेतबीच थोरै मतको अन्तर

 

             भक्तपुर , मंसिर ७ । भक्तपुर क्षेत्र नं. २ को मतगणना अन्तिम चरणमा आइपुगेको छ । यस क्षेत्रका कांग्रेसका दुर्लभ थापा र एमालेका महेश बस्नेतबीच कडा टक्कर देखिएको छ ।

दुईबीच थोरै मतान्तर रहेको छ । यस क्षेत्रमा ५५७९० मत गन्दा दुर्लभ थापाले २०८५२ मत प्राप्त गर्नुभएको छ भने एमालेका महेश बस्नेतले २०१०९ मत प्राप्त गरेका छन्, यहाँ अब ७ हजार भन्दा बढि मत गन्न बाँकी रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update