Kath khabar
भक्तपुर क्षेत्र नं. १ मा नेमकिपाका प्रेम सुवालको अग्रता

 

         भक्तपुर, मंसिर ७ । भक्तपुर क्षेत्र नं. १ मा अहिलेसम्म ३८ हजार १८१ मत गनिसकिएको छ । यस क्षेत्रमा अघिल्लो पटक पनि अत्यधिक मतका साथ निर्वाचित हुनुभएका नेमकिपाका प्रेम सुवालले १३ हजार ६८८ मतका साथ अग्रता बढाउनुभएको छ ।

नेकपा एमालेका नवराज गेलाल ९ हजार ९५९ मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ भने तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत खड्काले ८ हजार २३ मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका सुनिल गोठेले ३ हजार ७८७ मत ल्याउनु भएको छ ।

अहिलेसम्म चाँगुनारायण नगरपालिकाको सबै वडाको मतगणना भइसकेको छ भने भक्तपुर नगरपालिकाका वडाहरुको मतगणना भईरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update