Kath Khabar
सात दिने अनलाइन “बेली डान्स” कार्यशाला सञ्चालन हुुने

काठमाडौं, जेठ १९ । नेपालका चर्चित कलाकार जसलाई बेली रानीको रुपमा उपनाम दिईएको छ उनै कलाकार बिनु शाक्यले सात दिने बेली डान्सको कार्यशाला अनलाइन संचालन गर्नुहुुने भएको छ ।

कलाकार शाक्यले आफ्नो फेसबुक मार्फत कार्यशालाको जानकारी गरानुभएको हो । बिभिन्न कार्यक्रममा उहाँले आफ्नो बेली डान्सको कला प्रस्तुत गर्दै आउनुुभएको छ । आजभोलि युवावर्गमा बेली डान्सको क्रेज बढ्दो छ । त्यही कुरालाई मध्यनजर गर्दै शाक्यले यो कार्यशाला आयोजना गर्न लागेको जानकारी दिनुभएको छ । आफुलाई धेरै इन्स्टाग्राममा, फेसबूकमा फलो गर्नुभएको र बेली डान्स सिक्ने इच्छा राख्नुभएको हुनाले पहिलो पटक कार्यशाला सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।

कार्यशाला जून ६ देखी १२ गते हरेक दिन बेलुकी ४ बजे देखि ५ बजे सम्म हुुनेछ । कार्यशालामा सहभागी हुुनको लागि १५ सय रुपैयाँ शुल्क लाग्नेछ । यस अनलाइन कार्यशालाको पुरा जानकारीको लागि फोन नम्बर ०११-४९५१०१ मा सम्पर्क गर्नहुुन पनि शाक्यले आग्रह गर्नुभएको छ ।   

 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update