Kath khabar
चितवन २ बाट रवि लामिछाने भारी मतान्तरका साथ विजयी

 

              चितवन, मंसिर ८ । चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी हुनुभएको छ । लामिछानेले ३४ हजार १६२ मतान्तरले जित हासिल गर्नुभएको हो ।

चितवन २ मा कुल ८४ हजार ३१५ मत खसेकामा लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्नुभएको छ । लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत र तेस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याउनुभएको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update