Kathkhabar
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं ३ बाट निर्वाचित

 

           झापा, मंसिर ८। झापा-३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै लिङ्देन निर्वाचित हुनुभएको हो । उहाँले ४० हजार ६४० मत पाउँदा सिटौलाले ३७ हजार २७२ मत पाउनुभएको छ। २०७४ सालको निर्वाचनमा पनि सिटौलालाई पराजित गर्दै लिङ्देन सांसद बन्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update