
काठमाडौं, मंसिर ९ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा हाल वतन नखुलेका बद्री भुजेल भन्ने ३६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेको नमोबुद्द नगरपालिका-९ पन्द्रबेशीस्थित गोरेटो बाटोमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्।
धनुषाको जनकपुर उपमहानगरपालिका-९ स्थित तेली समाजको साह धर्मशाला भवनमा सोही उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-८ स्थित डेरा गरी बस्ने ५५ वर्षीय जागिर कबारी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका-१७ ठकुरी पुल मुनि खोलामा सोही ठाउँ बस्ने ७४ वर्षीय छत्र बहादुर लिम्बु बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तनहुँको ब्यास नगरपालिका-५ सिसौघारीस्थित मादी नदीको किनारमा सोही नगरपालिका-१० कुमालटारी बस्ने ४६ वर्षीया मंगली बोटे बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
रूकुम (पश्चिम) को आठबिसकोट नगरपालिका-५ सल्यान डाँडाको जंगलमा सोही ठाउँ बस्ने ३५ वर्षीया नन्द कुमारी बिक बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।