Kath khabar
अभिनेत्री शबाना आजमी काठमाडौंमा


                     काठमाडौं, मंसिर ९।  भारतीय सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउनु भएकी छिन् ।

आजदेखि सुरु हुने दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) का लागि आयोजक मण्डला थिएटरले शबानालाई नेपाल आउने निम्तो दिएको थियो । नाट्य महोत्सवमा अभिनेत्री आजमीले अभिनय सम्बन्धी मास्टरक्लास सञ्चालन गर्ने कार्यक्रम छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई महोत्सव आयोजक मण्डला थिएटरका अध्यक्ष तथा महोत्सवका निर्देशक सिर्जना सुब्बा र संयोजक विजया कार्कीले स्वागत गर्नुभएको थियो।

azmi1669371012.jpg

सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ हुन लागेको यस महोत्सवमा आजमीले नेपाली रंगकर्मी तथा कलाकारहरुलाई ‘मास्टरक्लास’ पनि  दिनुहुनेछ ।

मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश-विदेशका २२ नाटकको सहभागिता हुनेछन् । महोत्सवमा नेपाल सहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update