Kath khabar
अमेरिका र इङ्ग्ल्याण्ड विश्वकपको नकआउट चरणमा


                    काठमाडौं, मंसिर १४ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह 'बी' बाट इङ्ग्ल्याण्ड र अमेरिका उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । मंगलबार अहमद बिन अली रंगशालामा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रह्यो ।

खेलको ६८औँ मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्याण्डलाई ३–० को सहज जित दिलाएका हुन्। इङ्ग्ल्याण्ड तीन खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा छ भने वेल्स एक अङ्क जोडेर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै मंगलबार कतारको अल थुमामा रंगशालामा भएको अर्को खेलमा इरानलाई १-० ले हरायो । यो सँगै अमेरिका समूह उपविजेता बन्न सफल हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाले तीन खेलबाट पाँच अङ्क जोडेको छ । खेल बराबरी गरे अघि बढ्न पर्याप्त हुने इरान भने समूह चरणबाटै बाहिरिएको छ ।


 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update