Kath khabar
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज पनि चार खेलहरु हुँदै

 

           काठमाडौं, मंसिर १५ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज पनि समूह ‘ई’ का दुई र समूह ‘एफ’ का दुई खेलहरु हुँदैछन् ।

पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।

दोस्रो दुई खेल समूह ‘ई’ अन्तर्गत कोस्टारिका र जर्मनी तथा जापान र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ। दुवै खेल नेपाली समयअनुसार राती १२ः४५ सुरु बजे हुनेछ । यी खेलहरुबाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । यो समूहमा सबै चार टोलीको नकआउट चरण पुग्ने सम्भावना छ । हालसम्म १० टोली नकआउट चरणमा पुगिसकेको छ ।

एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् जसको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update