Kath khabar
भक्तपुर तथा काठमाडौंमा आफ्नै घरबाट लडेर मृत्यु

            

             काठमाडौं, मंसिर १६ । भक्तपुरको मध्यपुरठिमी नगरपालिका-६ मिलरोड बस्ने १७ वर्षीय भुमिन लाल श्रेष्ठको आफ्नै घरबाट लडेर बिहीबार साँझ मृत्यु भएको छ । आफ्नै घरको चौथो तल्लाबाट लडेर गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका कपन बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका २५ वर्षीय पवन राईको घरको झ्याल फिट गर्ने क्रममा लडेर बिहीबार दिउँसो मृत्यु भएको छ । नागार्जुन नगरपालिका-१ आर्मी कलेज पछाडि बस्ने ६९ वर्षीय सिताराम लामिछानेको घरको झ्याल फिट गर्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गुल्मीको मुसिकोट नगरपालिका-७ वामिटक्सार बस्ने विष्णु प्रसाद आचार्यकी छोरी ५ वर्षीया झरना आचार्यको लडेर बिहीबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ बस्ने मामा नाता पर्ने लोकनाथ काफ्लेको घरको बिच तलामा रहेको बरण्डाबाट अचानक लडेर खस्दा गम्भीर घाइते भएकी उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौंतर्फ लैजाने क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update