Kath khabar
विश्वकपमा आज ब्राजिल र पोर्चुगल सहितका चार खेल हुँदै 


              काठमाडौं, मंसिर १६ । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह चरणका खेलहरु आज शुक्रबार समूह ‘जी’ र ‘एच’ का अन्तिम चार खेलहरु हुँदैछन् । यी खेलहरू पछि प्रतियोगिताबाट नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लाग्नेछ ।

आज हुने खेलहरुमा समूह ‘एच’ का घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्चुगल भिड्नेछन् । खेल राति ८ः४५ मा सुरु हुनेछ । यो समूहमा दुई खेलबाट ६ अंक जोडेको पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ । घानाको ३ अंक छ भने दक्षिण कोरिया र उरुग्वेको १/१ अंक छ ।

यस्तै शुक्रबार राति हुने अर्को खेलमा समूह ‘जी’ का क्यामरुन र ब्राजिल तथा सर्बिया र स्विटजरल्याण्ड भिड्नेछन् । खेल राति पौने १ बजे सुरु हुनेछ । दुई खेलबाट ६ अंक जोडेको ब्राजिल नकआउट चरणमा पुगिसकेको छ । यो खेलमा स्विट्जरल्यान्ड र सर्विया दुवैको लागि निकै महत्वपूर्ण छ । दुवै टोली जित निकाल्दै अन्तिम १६ मा पुग्न चाहान्छ । स्विट्जरल्याण्डको ३ अंक छ भने क्यामरुन र सर्बियाको १/१ अंक छ ।

समूह 'ई' को शुक्रबार बिहान भएको खेलमा अन्तिम खेलमा जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भएको छ। स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना भने सफल हुन सकेन । जर्मनीले कोस्टारिकालाई ४-२ ले हराएपनि अघि बढ्न सकेन । जितका बाबजुद जर्मनी भने घर फर्कने भएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update