Kath khabar
फिफा विश्वकप फुटबलमा आज नकआउट चरणका दुई खेलहरु हुँदै


              काठमाडौं, मंसिर १८। कतारमा जारी फिफा विश्वकप फुटबलमा आज नकआउट चरणका दुई खेलहरु हुँदैछन् ।

अल थुमामा स्टेडियममा आज आइतबार हुने पहिलो खेलमा समूह ‘डी’ को विजेता फ्रान्स र समूह ‘सी’ को उपविजेता पोल्याण्डबीच प्रतिष्पर्धा हुनेछ। खेल राति ८ः४५ बजे शुरु हुनेछ । दुवै टोली आज जित निकाल्दै क्वार्टरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

आज हुने अर्को खेल समूह ‘बी’ को विजेता इंग्ल्यान्ड र समूह ‘ए’ को उपविजेता सेनेगलबीच प्रतिष्पर्धा हुनेछ । खेल राति १२ः४५ बजे अल बयात स्टेडियममा हुनेछ । दुवै टोली जित निकाल्दै क्वार्टरफाइनलमा पुग्न चाहन्छ ।

शनिबार राति भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अस्ट्रेलियाविरुद्ध गोल गर्दै विश्वकपको नकआउटमा पहिलो गोल गरेका थिए। विश्वकप फुटबलको नकआउट चरणमा मेस्सीले अस्ट्रेलियामाथि २-१ को जित निकालेको हो । योसँगै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

यस्तै शनिबार नै भएको अर्को खेलमा नेदरल्यान्ड्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा भएको खेलमा अमेरिकामाथि ३-१को सहज जित निकाल्दै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा पुगेको हो।

 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update