Kath khabar
फिफा विश्वकप २०२२ : रोनाल्डोलाई पछि पार्दै लियोनल मेस्सीले इतिहास रचे


                   काठमाडौं, मंसिर १८ । फिफा विश्वकप २०२२ को अफ-१६ खेल ३ डिसेम्बरबाट सुरु भएको छ । दोस्रो खेल लियोनल मेस्सीको टिम अर्जेन्टिना र अष्ट्रेलियाबीच भएको थियो ।

टोलीका स्टार खेलाडी मेस्सीका लागि यो खेल निकै महत्वपूर्ण थियो किनभने उनले १०००औं खेलमा योगदान दिन जादै थिए । यस खेलमा अर्जेन्टिनाको टोलीले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको टिकट बुक गरेको हो ।

नकआउट खेलमा मेस्सीको महत्वपूर्ण योगदान थियो । उनले सुरुमै आफ्नो क्षमता देखाउँदै ३५ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा पनि अर्जेन्टिनाले विपक्षी टोलीमाथि हावी रहँदै ७७औँ मिनेटमा दोस्रो गोल गरेको थियो । जुलियन अल्भारेजले दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए । सोही क्रममा अष्ट्रेलियाको टोलीले एक गोल पनि गर्न सकेन तर अर्जेन्टिनाका खेलाडी एन्जो फर्नान्डेजले आफ्नै टोलीविरुद्ध गल्तीले गोल गरे जसका कारण अर्जेन्टिना २–१ ले विजयी भयो । यदि खेल टक्कर भएको भए फर्नान्डेजको यो गल्ती ठूलो हुनसक्थ्यो ।

अर्जेन्टिनाका लागि लियोनल मेस्सीले आफ्नो १००० औं खेलमा इतिहास रचेका छन् । यो खेलमा उनले टोलीका लागि पहिलो गोल गरे र विश्वकपमा टोलीका लागि सर्वाधिक गोलकर्ता बने। मेस्सीको यो विश्वकपमा ९ औं गोल हो । यो उपलब्धि हासिल गर्दै शीर्ष खेलाडीले म्याराडोनालाई पछाडि छोडेका छन् । यसबाहेक उनले नकआउट खेलमा पहिलो पटक गोल गरेका छन् ।विश्वकपको इतिहासमा सबैभन्दा बढी गोल गर्ने मामिलामा मेस्सीले पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई पनि पछि पारेका छन् ।

अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । योसँगै नेदरल्यान्ड्स अफ १६ को पहिलो खेलमा अमेरिकालाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । दुवै टोली डिसेम्बर ९ मा आमनेसामने हुनेछन् । फाइनलमा कुन टोली एक कदम अगाडि बढ्छ त्यो हेर्न रोचक हुनेछ।

 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update