Kath khabar
चीनको वुहानस्थित प्रयोगशालाका वैज्ञानिकको खुलासा : कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो

 

                   काठमाडौँ, मंसिर १९।  चीनको वुहानस्थित एउटा विवादास्पद अनुसन्धान प्रयोगशालामा काम गर्ने एक अमेरिकी वैज्ञानिकले कोभिड १९ एक ‘मानव निर्मित भाइरस’  भएको र त्यो अनुन्धान फ्यासिलिटबाट चुहावट भएको बताएका छन् ।

कोभिड दुई वर्ष पहिले राज्यद्वारा सञ्चालित र वित्तीय अनुदान प्राप्त अनुसन्धान केन्द्र वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्ल्यूआईभी)बाट चुहावट भएको बेलायती अखबार द सनमा अमेरिकास्थित अनुसन्धानकर्ता एन्ड्र्यु हफको भनाइ उद्धृत गर्दै न्यु योर्क पोस्टले रिपोर्ट गरेको छ ।

महामारीविज्ञ हफले आफ्नो पछिल्लो पुस्तक ‘द ट्रुथ अबाउट वुहान’मा अमेरिकी सरकारको आर्थिक सहयोगका कारण महामारी फैलिएको दाबी गरेका छन् । हफको पुस्तकका अंशहरू बेलायतको ट्याब्लोइड द सनमा बाहिर आएको छ।

हफको पुस्तकका अंशहरू बेलायतको ट्याब्लोइड द सनमा बाहिर आएको छ । न्युयोर्क पोस्टको रिपोर्टअनुसार हफ संक्रामक रोगहरूको अध्ययन गर्ने न्युयोर्कस्थित गैर-नाफामुखी संस्था इकोहेल्थ एलायन्सका पूर्व उपाध्यक्ष हुन् ।

हफले आफ्नो पुस्तकमा दाबी गरेका छन की चीनको ‘गेन-अफ-फङ्सन’ प्रयोग अपर्याप्त सुरक्षाका साथ सञ्चालन गरिएको थियो, जसका कारण वुहान प्रयोगशालामा चुहावट भयो ।

१९ को उत्पत्तिलाई लिएर वुहान बहसको केन्द्र बनेको छ । दुबै चिनियाँ सरकारी अधिकारीहरू र प्रयोगशाला कामदारहरूले भाइरसको उत्पत्ति त्यहाँ भएको कुरालाई अस्वीकार गरेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update