Kath khabar
कालिमाटी पुल मुनी एक व्यक्ति मृत अवस्थामा फेला


             काठमाडौं, मंसिर २०। काठमाडौं महानगरपालिका-१२ कालिमाटी पुल मुनी सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

दाङको लमही नगरपालिका-६ देउखुरीस्थित खेतमा सोही नगरपालिका-५ कोलनी बस्ने ४५ वर्षीय लचवा चौधरी सोमबार मृत अवस्थामा फेला परेका छन् । लमजुङको क्वोहोलासोथार गाउँपालिका-८ मपिङ बस्ने ५१ वर्षीय ओमर बहादुर गुरुङ सोही ठाउँस्थित मपिङ सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् । उक्त वनमा दाउरा काट्न गएका उनी घर फर्किनआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।        

बाराको आदर्शकोतवाल गाउँपालिका-३ बतरा डिह टोल बस्ने २२ वर्षीया लक्ष्मीनिया देवी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update