Kath khabar
विश्वमा बर्सेनि खर्बौ  डलरको हातहतियार बिक्री


                    काठमाडौं, मंसिर २०।  विश्वमा १ वर्षमा करीब ६ खर्ब डलर मूल्यका हतियार तथा सैन्य सामग्रीहरु बिक्री हुने गरेको एक प्रतिवेदनले देखाएको छ ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२१ मा विश्वका १ सय वटा ठूला हतियार निर्माता कम्पनीहरुले ५ खर्ब ९२ अर्ब डलरका हतियार तथा सैन्य सामग्रीहरु बिक्री गरेका छन् । यो भनेको सन् २०२० को तुलनामा १.९ प्रतिशतले धेरै हो ।

संस्थाका अनुसार पछिल्लो ७ वर्षमा विश्व बजारमा हतियारको बिक्रीमा लगातार वृद्धि भइरहेको छ । सन् २०२१ को वृद्धिदर आफैंमा उच्च नै रहेको भए पनि यो पछिल्लो ४ वर्षको वृद्धिदरको औसतको तुलनामा कम हो ।

सन् २०२१ मा आपूर्ति प्रणालीमा देखिएको समस्याका बाबजुत पनि विश्वमा हतियारको बिक्रीदर उल्लेख्य रहेको रिपोर्टमा उल्लेख छ । विश्वव्यापी आपूर्ति प्रणालीमा कोरोना महामारीसँग सम्बन्धित अवरोधहरु सन् २०२१ सम्म नै कायमै रहेको र यसले आपूर्तिमा ढिलाइका साथै विभिन्न पाटपूर्जाहरुको अभाव सिर्जना गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update