Kath khabar
रवीन्द्र मिश्रले सार्वजनिक गरे चुनावी खर्च

 

              काठमाडौं, मंसिर २०। काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्नुभएको छ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा उहाँको चुनावी खर्च २४ लाख ४९ हजार ६०७ रूपैयाँ भएको र उक्त खर्चको विवरण आज निर्वाचन आयोगमा पेश गरेको उहाँले बताउनुभएको छ । आर्थिक सहयोग स्वरुप आफ्नो खातामा लगभग रू ३३ लाख जम्मा भएको पनि उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update