Kath khabar
पाटन संग्रहालयमा दाफा संग्रहालय कार्यक्रमको तेश्रो संस्करण यहि २०७९ मङ्सिर २३ देखि पौष २ गते सम्म

 

                काठमाडौं, मंसिर २१ ।  दाफा संग्रहालय कार्यक्रमको तेश्रो संस्करण यहि २०७९ मङ्सिर २३ देखि पौष २ गते सम्म पाटन संग्रहालयमा हुन गइरहेको छ। दाफा संग्रहालय काठमाडौँ उपत्यकाको ऐतिहासिक दाफा सांगीतिक परम्पराको अभ्यास र त्यसमा सनिंहित दर्शनको आदानप्रदान गर्ने वार्षिक कार्यक्रम हो ।

मङ्सिर २३  गतेको प्यानल छलफलको शिर्षक रहेको छ “कला सिर्जनाको लागि संघिय र स्थानीय नीतिहरू” जसमा वक्ताका रुपमा ललितपुर नगर प्रमुख चिरीबाबु महर्जन, काठमाडौँ उप-प्रमुख सुनिता डंगोल र भक्तपर उप-प्रमुख रजनी श्रेष्ठ जोशीले भाग लिनुहुनेछ।

मङ्सिर २४ गतेको प्यानल छलफलको शिर्षक “कीर्तिपुरमा दाफा संगीतको पुनर्जागरण” हो जसमा वक्ताहरु माननीय सांसद पुकार महर्जन, कीर्तिपुर उप-प्रमुख शुभ लक्ष्मी शाक्य, कीर्तिपुर पर्यटन विकास समितिका विजय कुमार महर्जन, बालकुमारी दाफा खलःबाट रुपेन्द्र महर्जन र ठाम बहा दाफा खलः बाट राजेन्द्र महर्जन हुनुहुनेछ। त्यसैगरि मङ्सिर २३ देखि पौष २ गतेसम्म “दाफा: संगीतको उपत्यका” नामक प्रदर्शनी पनि पाटन सग्रंहालयमा लाग्नेछ।

यो कार्यक्रम दाफा संगीतको सौन्दर्य र सिर्जनात्मक अभिव्यक्ति को आस्वादन गर्दै यसका अभ्यासकर्तालाई नेपाली समाजमा आफ्नो स्थान दिलाउने खुलामञ्च हो। यसमा दाफा संगीतका अभ्यासकर्ता, अन्वेषकहरू, स्थानीय सरोकारवालाहरू तथा यसका पारखीहरूलाई एकै स्थानमा ल्याइ सबैको विचार, आवाज बाँड्दै समन्वयका नवीनतम अवसरहरू खोज्ने प्रयास गरिन्छ ।

दाफा पुकारको तेश्रो संस्करणमा दाफा संगीत सम्बद्ध अमूर्त सम्पदाहरू जस्तै ख: प्यांख: नृत्य र नाटक र मूर्त सम्पदाहरू जस्तै हस्तलिखित ग्रन्थहरू, फल्चा, नेवा: बस्तिहरूको वाश्तुकला जस्ता विषयमा अन्वेषण र चिन्तन गरिनेछ । यो कार्यक्रम अन्तर्गत हामी विगतका वर्षहरूमा जस्तै विभिन्न दाफा खल:हरू बिच दाफा संगीतको आदानप्रदान गर्दै सामूहीक छलफल प्रस्तुत गर्नेछौँ । यो संस्करणमा भने हामी सफु लेखन कार्यशाला, सम्पदा पदयात्रा र दाफा सम्बद्ध प्रदर्शनी विशेष रूपमा समावेश गर्दैछौँ । हामी स्थानीय निकायसँग दाफा संस्कृतिको सरंक्षण, सवंर्द्धन र यसको पुस्तान्तरका बारे गहन छलफल गरी निर्णय प्रक्रियामा समन्वय र सहकार्यका लागि आशावादी छौँ ।

फोक लोक, पांगाको बालकुमारी दाफा खलः र  तःननि को तःननि दाफा खलः दाफा पुकार तेश्रो संस्करणका आयोजक हुन।  यसलाई अमेरिकी दूतावासको बुक बस, सतोरी सेन्टर फर दि आर्ट्स र सोसिअल साइन्स बहाले सहयोग गरेको छ ।

दाफा पुकार कार्यक्रम विवरण :

Dapha-schedule-Nepali-2 (1)1670414861.jpg

मङ्सिर २३ गते बिहान ९:०० - १०:४५

पहिलो प्यानल छलफल - कला सिर्जनाको लागि संघीय र स्थानीय नीतिहरू काठमाडौं उपत्यकामा परम्परागत कला अभ्यासहरूको पुनरुत्थानमा सहयोग पुर्याउन नगरपालिका सरकारले कस्तो सरंचना र नीतिहरू स्थापना गर्न सक्छ भन्ने बारेमा छलफल।

वक्ता: ललितपुर नगर प्रमुख चिरीबाबु महर्जन, काठमाडौँ उप-प्रमखु सुनिता डंगोल र भक्तपर उप-प्रमुख रजनी श्रेष्ठ जोशी ।  सहजकर्ता : शरारेह बज्राचार्य

मङ्सिर २३ गते दिउँसो २:०० - ५:००

दाफा संगीत : प्रस्तुति आदानप्रदान भक्तपुरबाट दत्तात्रेय महिला दाफा भजन खलः र ललितपुरबाट पद्मावत दाफा खलः र स:को दाफा खलःहरुको प्रत्यक्ष प्रस्तुति पछि अन्तरक्रिया यस सत्रमा हुनेछ।

मङ्सिर २४ गते बिहान १०:०० - ११:३०

दोस्रो प्यानल छलफल - कीर्तिपुरमा दाफा संगीतको पुनर्जागरण । यो सत्र विगतको दाफा पुकार संस्करणमा भएका स्थानीय सरोकार विषयमा छलफल कार्यक्रमको निरन्तरता हो । 

वक्ता: माननीय सांसद पुकार महर्जन, कीर्तिपुर उप-प्रमुख शुभ लक्ष्मी शाक्य, कीर्तिपुर पर्यटन विकास समितिका विजय कुमार महर्जन, बालकुमारी दाफा खलःबाट रुपेन्द्र महर्जन र ठाम बहा दाफा खलः बाट राजेन्द्र महर्जन । सहजकर्ता : दीपा महर्जन ।

मङ्सिर २४ गते दिउँसो २:०० - ५:००

प्रस्तुति र आदानप्रदान कार्यक्रम - ख: प्याखं । तीन दाफा खल:ले यस सत्रमा ख: प्याखं प्रस्तुत गर्नेछन्। प्रस्तुति पछि दर्शकहरूलाई प्याखं प्रस्तुतकर्ता दाफा खल: संग अन्तर्क्रियाको लागि ३० मिनेट समय दिइनेछ । समावेशी नेवा: संगीत समूहमा लोकप्रिय ख्या: प्याखं दाफा परम्परामा विविध सामाजिक लोककथाका आधारमा प्रस्ततु गरिन्छ ।

मङ्सिर २५ गते दिउँसो २:०० - ५:००

सेमिनार: कीर्तिपुर, एक अध्ययन स्थल । कीर्तिपुर जस्तो ऐतिहासिक सहर नयाँ पुस्ताका लागि अध्ययनको ठाउँ कसरी बन्न सक्छ?

पौष १ गते बिहान ११:०० - १:००

सेमिनार: नेपालको सांगीतिक सम्पदाको अभिलेखिकरण : अभ्यास र विकास नेपालको सांगीतिक सम्पदा गुम्दै गएको समस्यालाई कस्ले र कसरी सम्बोधन गर्दै आएको छ ?  सेमिनारमा विभिन्न संस्थाहरूको अभिलेखीय दृष्टिकोण र प्रक्रि याका पक्षहरू साझा गर्नेछन्।

मङ्सिर २५ - पौष २ गते बिहान १०:०० - ५:००

प्रदर्शनी : दाफा - संगीतको उपत्यका । कीर्तिपुरमा भएको सम्पदा यात्रा र सफु पुनर्लेखन कार्यशालामा आधारित सप्ताहव्यापी प्रदर्शनी पाटन सग्रंहालयमा हुनेछ ।

Dapha-Invitation-English-2 (1)1670414890.jpg

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update