Kath Khabar
 लोकन्थलीस्थित एक घरमा सुनका विभिन्न गहना चोरी


            भक्तपुर, मंसिर २९। मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका-२ घर भएका ३२ वर्षीय  धिरज कुमार अरगरियाको कोठाबाट करिब ९ लाख ५० हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना बुधबार साँझ चोरी भएको  छ ।

उनको कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको उक्त गहना चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update