‘साइँली’ का गायक हेमन्त रानाको आवाजमा ‘टिकी’ सार्वजनिक
                        
                        
                                                
                                            
                                                                    
              काठमाडौं, पुस ९ । गायक हेमन्त रानाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ‘टिकी’ सार्वजनिक गरिएको छ । जी.एच इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा संगीत सुशान्त गौतमको रहेको छ ।
सुलभ पहारीको निर्देशनमा बनेको भिडियोमा हरि हुमागाईँको छाँयाकन रहेको छ भने भिडियोलाई सम्पादन निमेश श्रेष्ठले गरेका हुन् । भिडियोमा रेश्मा घिमिरे र मनोज आर.सिको जोडि जमेको छ ।
गायक हेमन्तका थुप्रै गीतहरू चर्चामा छन् । ‘लैजा रे, सुन साइँली, तिमी छौँ र पो, दुबो फुल्यो’ लगायतका गीतहरू सुपरहिट छन् ।
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १६:१८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
