Kath khabar
सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ भव्यरूपमा सम्पन्न


             काठमाडौं, पुस १५ । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ राजधानी काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबर्द्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । उक्त अवार्डमा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योति विकास बैंकका एजिएम रामहरी आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । ज्योति विकास बैंकको प्रस्तुती रहेको कार्यक्रमलाई सहारा एपले मुख्य प्रायोजन गरेको थियो भने टोखा नगरपालिकाले सहकार्य गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाकारको सम्मानको लागि नगरपालिकाले सहकार्य गरेको बताउनुभयो । साथै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए । अधिकारीले कलाकारलाई सम्मान गर्न पाउँदा आफू हर्षित भएको पनि बताउनुभयो ।

त्यसैगरी वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद रु. ८८४८ सहित सम्मान गरिएको थियो । त्यसैगरी सगरमाथा कला पत्रकारिता सम्मान कृष्ण भट्टराई, नेमिष गौतम, कल्पना रेग्मीलाई प्रदान गरिएको थियो । सगरमाथा रेडियो पत्रकारिता सम्मान कमला पन्थीलाई प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ संगीत प्रशिक्षक तिलकसिंह पेलालाई संगीत विशेष सम्मान गरिएको थियो । लोक गायक अमृत सापकोटा, गायक चिरञ्जीवी भण्डारी, गायिका सुनिता गुरुङ, बाल गायिका सफलता श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, गीतकार लोकराज अधिकारी लगायतकालाई सम्मान गरिएको थियो ।

अवार्ड कार्यक्रममा नेपाली गीतसंगीतका चर्चित एंव हस्तीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

अवार्ड विजेताहरु
१. सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतकार : घनेन्द्र ओझा – परे म मर्छु भोकैले
२. सर्वोत्कृष्ट राष्ट्रिय भाव संगीतकार : रोशन बान्तवा – गौतम बुद्ध
३. सर्वोत्कृष्ट गायक चलचित्र : प्रदाप दास – हर युग होस
४. सर्वोत्कृष्ट गायिका चलचित्र:मेलिना राई – सुन्तला
५. सर्वोत्कृष्ट गीतकार चलचित्र:राजेश कुमार श्रेष्ठ – हर युग होस
६. सर्वोत्कृष्ट संगीतकार चलचित्र :  एलिस कार्की – हर युग होस
७. सर्वोत्कृष्ट आधुनिक गायक : युवराज चौलागाई  – तिम्रो याद
८. सर्वोत्कृष्ट पप गायक : आशिष सचिन – सानो सानो कुरामा
९. सर्वोत्कृष्ट  पप आधुनिक गायक (जुरी) राज सागर – खै कसोरी विझाए
१०. सर्वोत्कृष्ट पप–आधुनिक  गायिका – निशा देशार – पाउ हजुर
 ११. सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष:विरेन्द्र कुमार बलामी – म बाचेको संसार
१२. सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष (डायस्पोरा):कुमार मिश्र – एउटा कथा
१३. सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला:गीता अधिकारी – स्वास फेरी
१४. सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार:योगेश काजी – मलाई हेप्नी
१५. सर्वोत्कृष्ट पप – आधुनिक संगीतकार (जुरी):शेरा थामी – तिमी बस दिलैमा
१६. सर्वोत्कृष्ट नव प्रतिभा गायन : सौगातजंग थापा  – हाम्रो माया जाल
१७. सर्वोत्कृष्ट पप – आधुनिक युगल गायन : रिता केसी / प्रविण बेडवाल – तिमी पनि हरायौं
१८. सर्वोत्कृष्ट पप – आधुनिक मोडल महिला : रोशनी कार्की – विरानो देश
१९. सर्वोत्कृष्ट पप – आधुनिक मोडल पुरुष : कमल सिंह – रुन्न भन्दानी
२०. सर्वोत्कृष्ट पप – आधुनिक मोडल पुरुष (जुरी) : विरेन्द्र नौभाग्य – अर्को सार्थी
२१. सर्वोत्कृष्ट पप – आधुनिक नव मोडल महिला : अस्मी थापा – चरी भरर
२२. सर्वोत्कृष्ट पप – आधुनिक नव मोडल महिला (जुरी) : प्रनिमा दाहाल – तिम्रै माया
२३. सर्वोत्कृष्ट पप – आधुनिक नव मोडल पुरुष : अंश वर्मा –ए साइली
२४. सर्वोत्कृष्ट पप – आधुनिक म्युजिक भिडियो निर्देशन:प्रकाश धिताल – भन्नु हुन्थ्यो बाले
२५. सर्वोत्कृष्ट लोक पप गायक : ओम सुनार –  लाहुरे सिपाई दाई
२६, सर्वोत्कृष्ट लोक पप गायिका:निता आचार्य – रंगीन संसार
२७, सर्वोत्कृष्ट लोक पप गायिका (जुरी) : अन्जु श्रेष्ठ – नहेरे झै गर्ने
२८, सर्वोत्कृष्ट  लोक दोहोरी गायक:नमराज ढुंगाना – पिरतीमा दम छ
२९, सर्वोत्कृष्ट  लोक दोहोरी गायक (जुरी) : रामहरी भण्डारी – चुरोट सलाई
३०, सर्वोत्कृष्ट  लोक दोहोरी गायक (पब्लिक च्वाइस ):जय देवकोटा – माया लाउँछ र त
३१. सर्वोत्कृष्ट लोक दोहोरी गायिका : कालिका रोक्का मगर – मुग्लिन पुलतरी
३२. सर्वोत्कृष्ट लोक दोहोरी शब्द : विपिन केसी – दाजु भाई
३३. सर्वोत्कृष्ट लोक दोहोरी लय : सागर विरही – फुल रसैको
३४. सर्वोत्कृष्ट लोक दोहोरी नव गायक : रमेश लामिछाने – हेलम्बुको स्याउ
३५. सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका : रिया घले – बार्दलीमा गम्छा
३६. सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष : निक्स शर्मा – सिकारी
३७. सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला : एलिना रायमाझी – मैले माया सम्झेर
३८. सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला : खुशी थापा – ए मुना
३९. सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला (जुरी) : अपेक्षा सिंह– नजर नजरको    
४०. सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष : यज्ञराज गिरी – फुर्के जुंगा
४१. सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष (सन्देश मुलक जुरी) :नरेन्द्र सिंह ठकुरी    
४२. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक : स्मृति तिमिल्सीना – मुटु बैना
४३. सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (पप/आधुनिक) : अमृत सुनुवार – माया लाग्छ कति
४४, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (लोक दोहोरी) : कृष्णबहादुर थापा – मिठो सारंगी
४५. सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन : अनिलकुमार महर्जन – आज किन
४६. सर्वोत्कृष्ट नव गितकार पप/ आधुनिक : विजय खड्का – न बदलिन्छ जीन्दगी
४७. सर्वोत्कृष्ट नव गितकार पप/ आधुनिक (जुरी) : सागर बास्तोला– हे धोकेवाज
४८. सर्वोत्कृष्ट नव गितकार (सन्देश मुलक लोक दोहोरी) : दान आचार्य – बस पियारी
४९. सर्वोत्कृष्ट एरेन्जर पप/ आधुनिक : जीवन बडु – तामा पित्तल
५०. सिनियर सिनेमाटोग्राफर अवार्ड : मधुर बस्नेत

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update