Kath khabar
मेरो देश नहारोस्.. देशभक्तिपूर्ण गीतको भिडियो रिलिज



              काठमाडौं, पुस १५ । डिलाईटेड नेपाल युट्युब च्यानल डिलाइट नेपाल मार्फत नयाँ देशभक्तिपूर्ण गीत 'मेरो देश नहारोस्' को म्युजिक भिडियो बजारमा आएको छ ।

राष्ट्रिय देशभक्तिपूर्ण गीतहरूको लहरमा थपिएको नयाँ गीत भित्र म हारे पनि मेरो देश नहारोस् भन्दै गायक स्वरूपराज आचार्य, संगीतकार पुष्कर सुनुवार र गीतकार डिपी दाहाल परिश्रमी सहकार्य रहेको छ । देशको परिचय बोकेको यस गीतमा नेपालको कला संस्कृति र प्रकृतिलाई विशेष ग्राहियता दिइएको छ। यस गीतकी प्रस्तुतकर्ता रिता सिङ्खडा दाहाल हुनुहुन्छ ।

यो गीत मेलोडी नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो । डिलाईटेड म्युजिक इन्डष्ट्रिज प्रालिले उत्पादन तथा बितरण गरेको यो गीत प्रकृतिप्रेमी, नेपाली कला र संस्कृति, भाइचारा बोकेको मिठो सृजना बनेको छ ।  भिडियो सम्पादन मोहन सुनुवार, छायांकन केशब विश्वकर्मा, एरेन्ज, रेकर्डिस्ट एवं मिक्सिङ पुष्कर सुनुवारको रहेको छ । व्यक्ति हार्न सक्छ तर देश हार्नु हुदैन भन्ने सन्देश गीतले दिएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update