बजार
                                                
                    
                
                            
                                अब दराजबाट मगाएको सामान फिर्ता गर्न परे हुलाकमा पठाउन सकिने
                        
                        
                                                
                                                    
                                सम्झौता अनुसार दराजबाट अनलाइन खरिद गरी डेलिभरी भएका सामान ग्राहकले फिर्ता गर्नुपर्ने अवस्थामा गोश्वारा हुलाक कार्यालय मार्फत फिर्ता गर्न सकिनेछ
                            
                                            
                                                                    
काठमाडौं, पुस १९। अब दराज अनलाइनबाट मगाएको सामान फिर्ता गर्नुपरे हुलाक सेवा प्रयोग गर्न सकिने भएको छ । यसका लागि हुलाक सेवा विभाग र दराज नेपालबीच सम्झौता भएको छ ।
हुलाकलाई समयानुकूल र सन्दर्भिक बनाउने तथा व्यावसायिक दायरा विस्तार गर्ने उदेश्यका साथ हुलाक सेवा विभागले हालै अनलाइन रिटेलर ‘दराज नेपाल’सँग ई-कमर्स सम्बन्धी सम्झौता गरेको हो ।
सम्झौता अनुसार दराजबाट अनलाइन खरिद गरी डेलिभरी भएका सामान ग्राहकले फिर्ता गर्नुपर्ने अवस्थामा गोश्वारा हुलाक कार्यालय मार्फत फिर्ता गर्न सकिनेछ ।
यो सेवा पहिलो चरणमा काठमाडौंका ३ स्थान बबरमहल, महाराजगञ्ज र ठमेलमा संकलन केन्द्रमा उपलब्ध हुने बताइएको छ । अन्य संघnसंस्थासँग पनि वस्तु ढुवानी गर्ने सम्बन्धमा छलफल भइरहेको विभागले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १७:३७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
