Kath khabar
पृथ्वीजयन्तिमा सार्वजनिक विदा दिने निर्णय

 

            काठमाडौं, पुस २५ । सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमवार साँझ बसेको बैठकले पृथ्वीजयन्तिमा विदा दिने निर्णय गरेको हो ।

सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो ।

सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने समावेश गरिएको छ । सो न्यूनतम साझा कार्यक्रम सोमबारकै मन्त्रिपरिषद बैठकबाट पारित भएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update