Kath Khabar
गायिका टिका सानुको स्वरमा “आकासै राम्रो जुन लाएर” सार्वजनिक

काठमाडौं,  जेठ २२ । गायिका टिका सानु, सम्झना कँडेल र गायक सुन्दर परियारको स्वरमा रहेको “आकासै राम्रो जुन लाएर” गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक लोकलयमा आधारित गीतमा मायालु जोडी बिचको प्रेमको भावनालाई गीतमा समेटिएको छ ।

आफ्नो मायालुको हेराइ आफुलाई निकै मन पर्ने कुरा गायिकाले गीतमा ब्यक्त गर्नुुभएको छ । सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज गीतमा छ । प्रकाश खड्काको छायाँकन, विनोद बमको सम्पादन तथा मान सिंह खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा टिका सानु, सम्झना कडेंल, मान सिंह खड्का, किरण मगर, मनिषा र सजिनाको अभिनय अभिनय गर्नुभएको छ ।  

 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update