Kathkhabar
प्रतितोला रु सात सयले बढ्यो सुनको भाउ

 

                    काठमाडौं, माघ ६ । सुनको भाउ आज प्रतितोला रु सात सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु १ लाख ४ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु १ लाख ५ हजार २ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार सात सय छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २० ले बढेर रु १ हजार ३ सय ७५ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि सुनचाँदी महँगो भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update