Kath khabar

 

                                 जुम्ला, माघ ८ ।  चन्दननाथ नगरपालिका-८ रोकायाबाडामा गेडागुडीमा जडिबुटी मिसाएर खाँदा १ जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन् ।

मृत्यु हुनेमा ३५ वर्षीय दिपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन् । बिरामीमध्ये तिल रोकाया घर धनी हुन् । अरू सबै उनको घर बनाउन लागेका मिस्री हुन् ।

गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएका थिए । उनीहरुलाई तत्कालै कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि स्थानीय भैरबहादुर धरालाले बताए । उनले गेडागुडीमा हालिएको जडिबुटीमा विष परेको हुन सक्ने बताए । मृतक बाहेक अन्य ३ जना होसमा आइसकेका छन् ।

उनीहरुको आईसियुमा राखेर उपचार भइरहेको डीएसपी नरेन्द्र चन्दले जानकारी दिए । गेडागुडीमा हालिएको जडीबुटीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update