Kathkhabar
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ६,३०० रुपैयाँ 

 

                                     काठमाडौं, माघ १० ।   मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ, सुन १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६,३०० रुपैयाँ र तेजावी सुन १ लाख ५,८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते १ लाख ५,५०० रुपैयाँ कायम भएको थियो ।  यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४,८०० रुपैयाँ निर्धारण भएको थियो ।

त्यस्तै चाँदी प्रतितोला १५ रुपैंयाले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update