Kath khabar
मोरङमा अर्काको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ

 

                                  मोरङ, माघ १० ।  मोरङमा अर्कैको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ परेका छन्। 

सुन्दरहरैचा नगरपालिका-५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

उनीहरूलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सुनसरी भोग्राहा गाउँपालिका-७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव छन्।

षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई प्र.१-०२-०४५ प ९४३ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update