Kath khabar
क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड, सात जनाको मृत्यु

 

           क्यालिफोर्निया, माघ १० ।  क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड भएको छ । सोमबार भएको गोलीकाण्डमा कम्तिमा सात जनाको मृत्यु भएको छ र एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

बितेका आठ दिनमा यो तेस्रो गोलीकाण्ड हो । सान फ्रान्सिस्कोको दक्षिणस्थित तटीय समुदायको कृषि केन्द्रमा आज भएका दुई बेग्लाबेग्लै गोलीकाण्डमा ७ जनाको मृत्यु भएको हो। सोमबारको आक्रमणमा संलग्न भएको अभियोगमा ६७ वर्षीय चुन्ली झाओलाई पक्राउ गरिएको छ । झाओले किन गोली चलाए भन्नेबारेमा स्पष्ट भइनसकेको जनाउँदै प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।

आक्रमणमा कृषि केन्द्रमा काम गर्ने चिनियाँ र ल्याटिन अमेरिकीमूलक नागरिकले ज्यान गुमाएका छन् भने पाँच जना घाइतेको उद्धार गरिएको छ । बितेका तीन सातामा सामूहिक गोली प्रहारबाट ३९ जनाको मृत्यु भइसकेको छ ।

गत शनिबारको गोलीकाण्डमा ११ जनाले ज्यान गुमाएका थिए । यसपछि अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update